१३ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त


गोविन्द आचार्य

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । आज सोमबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन् । २०७३ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि आचार्य प्रेस सल्लाहकार नै नियुक्त भएका थिए ।

यस्तै प्रधानमन्त्री प्रचण्डको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य नियुक्त भएका छन् भने जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डको प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा र फोटो स्पेसलिस्टमा प्रदीपराज वन्त नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !