२ जेष्ठ २०८१, बुधबार

संसद भवनमा नयाँ वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक


कार्यव्यवस्था परामर्श समितिको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पहिलोपटक बोलाएका हुन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको आज सोमबार बैठक बसेको हो ।

गत शुक्रबार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएको थियो । आजको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतमा छलफल हुँदै छ । सोमबार दिउँसो १ बजे संसद् बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !