८ जेष्ठ २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित दोस्रो कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !