१२ आश्विन २०८१, शनिबार

प्रादेशिक अधिकार नदिए संघीयता संकटमा : अध्यक्ष यादव


upendra yadav

११ जेठ, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो ।

स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाउनुभयो ।

वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गर्नुभयो ।

साथै प्रदेश नं २ समृद्व नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै प्रदेश नं २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भएमात्र पूरै नेपाल समृद्ध हुने उहाँको धरणा थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !