६ मंसिर २०८१, बिहीबार

नेपाल प्रहरीका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


मन्त्रिपरिषदको बैठक

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ । आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।

डीआईजीबाट एआईजीमा बढुवा हुनेहरुमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् । गत चैत १३ गते सोमबार गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !