३ जेष्ठ २०८१, बिहिबार

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण


निर्वाचन आयोग

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ भने आजै चुनाव चिह्न समेत वितरण गरिनेछ ।

निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आज चुनाव चिह्न वितरण भएपछि उपनिर्वाचनको प्रसार-प्रसार सुरु हुनेछ । आगामी वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

गत मंसीर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !