काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर डा. शेखर कोइराला र गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक बोलाएको छ । आफ्नो समूहमा परेको भागका मन्त्रीहरुको नाम टुंग्याउन शेखर-गगन समूहका सांसदको बैठक बस्ने भएको हो ।
काँग्रेसको उक्त समूहका सांसदहरुको बैठक आज दिउँसो बस्ने भनिएपनि अझसम्म समय र स्थान तय टुंगो लागिसकेको छैन । काँग्रेसमा मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गरेर नाम पठाउने भएको हो ।
यसअघि उक्त समूहबाट उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउने चर्चा चलेपनि ३ वटा मन्त्रालय नपाएमा सरकारमा नजाने अडान राखेको थियो ।