७ पुस २०८१, आइतबार

दक्षिणपन्थी सरकारबाट देश विकासको आस गर्ने ठाउँ छैन : उपमहासचिव गुरुङ


Prithivi Subba Gurung

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले दक्षिणपन्थी गठबन्धनको वर्तमान सरकारबाट देश विकासको आस गर्ने कुनै ठाउँ नभएको टिप्पणी गरेका छन् ।

आज मंगलवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले दक्षिणपन्थी गठबन्धनको प्रचण्ड नेतृत्वको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताएका हुन् ।

सरकारले आज मंगलबार १०० दिन पूरा गर्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको थियो ।

गुरुङले सरकार पूर्णरुपमा असफल भएको बताएका छन् । उनले सरकार हनिमुन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा सरकार असफल भएको बताएका हुन् ।

उनले यो गठबन्धनका कारण नेपालको भूराजनीतिक र कूटनीतिक सम्बन्ध जटिल बन्दै गएको बताएका हुन् । उनले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !