५ जेष्ठ २०८१, शनिबार

सुराकी परिचालन कार्यविधि खारेज गर्ने सरकारको निर्णय


मन्त्रिपरिषदको बैठक

काठमाडौं । सरकारले सुराकी परिचालन कार्यविधि खारेज गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले सुराकीका नाममा गर्ने खर्चसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गृहमन्त्री र गृहसचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च गर्न बनेको कार्यविधिलाई सरकारले खारेज गरिदिएको हो । यसअघि शुक्रबार गृहमन्त्रीको पदभार ग्रहण गरेर जिम्मेवारी सम्हालेलगत्तै नारायणकाजी श्रेष्ठले पहिलो महत्वपूर्ण निर्णयका रुपमा सुराकी खर्च खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लाने निर्णय गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !