७ असार २०८१, शुक्रबार

मिटरब्याजी पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन


गौरीबहादुर कार्की

काठमाडौं । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार तीन सदस्यीय छानबिन समितिमा विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र गणेशबाबु अर्याल रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !