१२ आश्विन २०८१, शनिबार

चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठद्वारा उम्मेदवारी दर्ता


जितनारायण श्रेष्ठ

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार श्रेष्ठको उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको हो ।

उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सभापति रवि लामिछाने र नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । यसअघि सो क्षेत्रमा लामिछाने निर्वाचित भएका थिए ।

गत मंसीर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !