२२ भाद्र २०८१, शनिबार

राष्ट्रपति रामचन्द्र पौडेल विरामी भएर अस्पताल भर्ना


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल विरामी भएर आज शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालले एक सूचना जारी गर्दै राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएको जनाएको छ । हाल उनी चिकित्सकको निगरानी रहेको पनि अस्पतालले जनाएको छ ।

यस्तो छ त्रिवि शिक्षण अस्पतालले निकालेको सूचना

त्रिवि शिक्षण अस्पतालले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !