१८ बैशाख २०८१, मंगलबार

नेपाली काँग्रेसबाट चार जना मन्त्रीको नाम टुंगो


पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई मिलाएर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार शपथ लिने मन्त्रीहरु टुंगो लगाएका हुन् । यद्यपि केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल जारी रहेकोले अन्तिम रुप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा चार जना सांसदलाई मन्त्री बन्ने भएका छन् । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने भएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !