६ जेष्ठ २०८१, आइतबार

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता जारी


गृह मन्त्रालय

काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित बीचमा आज वार्ता जारी रहेको छ । सरकारी प्रतिनिधि र मिटरब्याज पीडित समूहबीच गृह मन्त्रालयमा वार्ता जारी रहेको हो ।

मिटर ब्याज पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूह आज बिहीबार छलफलमा जुटेका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार मन्त्रालयमा भइरहेको हो ।

आजको छलफलमा सरकारी समितिका तर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहेको छ ।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु