१० मंसिर २०८१, सोमबार

राष्ट्रपति पौडेल र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट


राष्ट्रपति पौडेल र अवैतनिक महावाणिज्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् ।

आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिए ।

वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढङ्गले काम गर्दै आएको बताए । उनीहरुले राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !