१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा डा. बेदुराम भुसालले “राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९” सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ-आफ्नो धारणा राख्नेछन् ।

यस्तो छ आजको राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु