८ मंसिर २०८१, शनिबार

बागमती प्रदेश सरकारबाट आजै बाहिरिने एमालेको तयारी


मुख्यमन्त्रीको कार्यालय वाग्मती प्रदेश

हेटौडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेले आजै बाहिरिने तयारी गरेको छ । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले आज राजीनामा दिने भएका हुन् ।

आज चैत १० गते दिनको १ बजे बागमती प्रदेशसभाको बैठक बस्दै छ । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुन: विश्वासको मत लिंदै छन् ।

बागमती प्रदेश सरकारबाट एमालेले प्रदेशसभाबाट घोषणा गरेर सरकार छाड्ने भएको हो । एमालेबाट सरकारमा रहेका ४ मन्त्रीहरूले प्रदेशसभा बैठकमा घोषणा गरेर पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिएसँगै एमालेले पनि सरकारबाट बाहिरिने तयारी गरेको हो । एमालेले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।

संघीय सरकारबाट बाहिरिएको एमाले बागमती प्रदेश सरकारबाट पनि बाहिरिने भएको हो । बागमती सरकारमा एमालेबाट अर्थमन्त्री जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !