७ मंसिर २०८१, शुक्रबार

मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत


सिके राउत

कलैया । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा. सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गरेका छन् ।

बारा जिल्लाको सदरमुकाम कलैयामा हिजो आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताए ।

जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उहाँले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !