१४ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता


पूर्वराजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु झापाको दमक पुगेका थिए ।

शाहलाई भेट्न अध्यक्ष लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका हुन् । पूर्व राजासँगको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !