१२ बैशाख २०८१, बुधबार

हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? : अध्यक्ष लिङ्देन


प्रधानमन्त्री प्रचण्ड र राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई सम्भव भएअनुसार चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने आग्रह पनि गरेका छन् । उनले सरकारले जनताको माग पुरा नगरेमा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा भएको भन्दै कटाक्ष समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले एक युवकको मुख थुनेको तस्वीर सामाजिक संजालमा भाइरल भएपछि उक्त घटनालाई लिएर अध्यक्ष लिङ्देनले यस्तो सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? @cmprachanda चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस,युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् …जो सम्भव छ । अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !