१२ बैशाख २०८१, बुधबार

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आजदेखि सुरु


निर्वाचन आयोग

काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । निर्वाचन आयोगले हिजो एक सूचना जारी गर्दै आज बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको हो ।

आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता आग्रह गरेको हो । आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको हो । आयोगले विविध कारणवश खाली भएका प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनका लागि दल दर्ताको आग्रह गरेको हो ।

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ-१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन-२ को लागि आयोगले यसअघि नै दल दर्ता गरिसकेको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ । रिक्त तीन निर्वाचन क्षेत्रमा आयोगले बैशाख १० गते एकैसाथ उपनिर्वाचन गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !