१९ बैशाख २०८१, बुधबार

नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य

काठमाण्डाै । सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा हुने डीआईजीहरुमा क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । यसअघि गृह मन्त्रालयको बढुवा समितिले ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ गतेबाट ३० वर्षे सेवा अवधि सकिएर अनिवार्य अवकाशमा जाँदै छन् । अहिले बढुवा भएका ५ जनामध्येबाटै एक जनाले प्रहरी महानिरीक्षक छनौट हुनेछ ।

केही समयअघिदेखि ५ जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै ५ जना डीआईजीको सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !