८ बैशाख २०८१, शनिबार

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल


घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले हाल कायम रहेका महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गरेका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !