१२ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काँग्रेस कार्यसम्पादन समितिको बैठक नयाँबानेश्वर

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।

यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !