८ बैशाख २०८१, शनिबार

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


रास्वपा बैठक

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक आज बस्दै छ । आज शुक्रबार बिहान साढे ११ बजे रास्वपाको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्ने भएको हो ।

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट दिने भन्नेबारे निर्णय गर्ने भएको हो । उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार नै हुँदैछ भने हालसम्म रास्वपाले कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार रहेका छन् । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !