१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री कार्यालयको ह्याक भएको ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा


ह्याक भएको ट्वीटर एकाउन्ट

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ । बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिए । यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने उहाँको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !