१३ बैशाख २०८१, बिहिबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै


जसपा फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा आज विहान ११ बजे बस्ने भएको हो ।

विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न आज विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !