![नेत्रविक्रम चन्द र कर्णजित बुढा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/03/Biplav-and-Karnajit-Budha325.jpg?fit=1024%2C544&ssl=1)
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता भएको छ ।
काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा आज दिउँसो एक पत्रकार सम्मेलन आयोजना गरेर दुई पार्टीबीच पार्टी एकता भएको हो । दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकताको बारेमा जानकारी समेत दिएका थिए ।