८ बैशाख २०८१, शनिबार

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागको रिट दरपिठ


सर्वोच्च अदालत

काठमाडौँ । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेस गरिएको रिट दरपिठ भएको छ । सर्वोच्चमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा आज मंगलबार दरपिठ गरिएको हो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकोले उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले हिजो सोमबार अदालतमा रिट पेस गरेतापनि सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको हो ।

गत शनिवार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेपछि उनले रिट पेश गरकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !