८ जेष्ठ २०८१, मंगलबार

उपराष्ट्रपतिमा जसपाका यादवको उम्मेदवारी कायमै रहने


रामसहाय प्रसाद यादव फाइल फोटो

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको कायम गर्ने निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको हो । उपराष्ट्रपति पदको उम्मेदवार फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो ।

यादवले आजै आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीविरुद्ध परेको उजुरीको जवाफ दिएका थिए । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ दिएका थिए ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ ।

यो पनि पढ्नुहोस्

निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !