काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुट्न सकेन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले गठन्धनको तर्फबाट साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको हो ।
गठबन्धनमा सहमति नजुटेपछि उपपराष्ट्रपतिमा दुई जना महिला र एक जना पुरुष उम्मेदवार बन्ने भएका हुन् । गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट एक जना महिला र जनता समाजवादी पार्टीबाट एक जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिने भएका हुन् ।
गठबन्धनबाट जनमत पार्टीबाट ममता झा तथा जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने भएका हुन् । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।