६ बैशाख २०८१, बिहिबार

माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भएको ओलीको आरोप


केपी शर्मा ओली

काठमाण्डाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाएका छन् ।

शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासङ्घको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको आरोप लगाएका हुन् ।

ओलीले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्कसमेत गरे । अध्यक्ष ओलीले दुई तिहाइमा पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको आराेप लगाए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई पनि फउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोहीअनुसारले अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !