८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र एन्ने मरी ट्रेभेलियन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका थिए । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आउनुभएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !