७ बैशाख २०८१, शुक्रबार

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज सभामुखलाई भेट्दै, पशुपति र बिपी संग्रहालय पनि जाने


नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता गर्ने छन् ।

सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन आज बहराइन जानुअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् ।

यसपछि बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !