काठमाडौँ । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक जारी रहेको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आठ दलीय गठबन्धनको कार्यदलको बैठक जारी रहेको हो ।
राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय गठबन्धनको कार्यदलको बैठक जारी रहेको हो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् ।
आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बनेका छन् भने एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।