७ बैशाख २०८१, शुक्रबार

पार्टी एकताबारे झलनाथ खनाल र शंकर पोखरेलबीच गोप्य वार्ता


झलनाथ खनाल र शंकर पोखरेल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलबीच गोप्य वार्ता भएको छ ।

पार्टी एकताबारे नेता खनाल र महासचीव पोखरेलबीच खनालको निजी निवास डल्लुमा शनिबार साँझ गोप्य वार्ता भएको हो । महासचिव पोखरेलले पार्टी एकताको प्रस्ताव गरेकोमा नेता खनालले सकारात्मक रहेको जवाफ दिएका छन् ।

एमालेका महासचिव पोखरेलले नेता खनाललाई उपनिर्वाचनमा जिताउने प्रस्ताव समेत राखेको गोप्य स्रोतले बताएको छ । यस्तै राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन सहयोग गरेमा नेम्वाङको निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बनाएर खनाललाई जिताउने प्रस्ताव राखेको पनि स्रोतले बताएकाे छ ।

यसअघि बिहीबार एमालेबाट राष्ट्रपतिको उम्मेदवार समेत रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्नुका साथै पार्टी एकताबारे छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !