८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले बोलाए ८ दलीय गठबन्धनको बैठक


८ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ दलीय नयाँ गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले ८ दलीय गठबन्धनको बैठक आज साँझ ६ बजे बालुवाटारमा बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको ८ दलीय गठबन्धनको बैठकमा राष्ट्रपतिको निर्वाचन सन्दर्भमा छलफल हुनसक्ने बताइएको छ । राष्ट्रपतिमा ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !