१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरिएको हो ।

जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सदस्य रहेकी रहमानको हिजो शनिबार हृदयघातका कारण ६३ बर्षको उमेरमा असामयिक निधन भएको थियो ।

दिवंगत सांसद रहमानको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारण समेत गरिएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलि फागुन १५ गते दिउँसो १२ बजेर ३१ मिनेटमा डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !