१३ मंसिर २०८१, बिहीबार

राष्ट्रपतिमा नेम्बाङलाई भोट दिन आग्रह गर्दै ओलीले लेखे नेपाललाई पत्र


केपी ओली र माधव नेपाल

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्बाङलाई भोट दिन आग्रह गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई पत्र लेखेका छन् ।

आज शनिवार एमालेको तर्फबाट उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा सहयोग गर्न माग गर्दै अध्यक्ष नेपाललाई पत्र पठाएका हुन् ।

पत्रमा उनले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार एमालेबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको जानकारी गराएका छन् ।

नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएका हुन् । एकीकृत समाजवादीले भने ८ दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका रामचन्द्र पौडेललाई अघि सारेको छ ।

यस्तो छ केपी शर्मा ओलीले माधव नेपाललाई लेखेको पत्र

केपी शर्मा ओलीले माधव नेपाललाई लेखेको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !