७ बैशाख २०८१, शुक्रबार

एमालेले फागुन १३ गतेका लागि बोलायो सचिवालय बैठक


केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एमाले) ले आगामी फागुन १३ गतेका लागि सचिवालय बैठक बोलाएको छ । भावी राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते मनोनयन हुनुअघि एमालेले सचिवालय बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । एमालेले यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिने गरिसकेको निर्णयको विषयमा एमालेको बस्ने भएको सचिवालय बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार टुंग्याउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !