१३ बैशाख २०८१, बिहिबार

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने सरकारको निर्णय दु:खद हो : अध्यक्ष ओली


केन्द्रीय सचिवालय बैठक फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस सरकारको निर्णय दु:खद भएको टिप्पणी गरेका छन् ।

आज आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

ओलीले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताउदै हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवित्तिप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले हिंसा दिवसमा सार्वजनिक बिदा दिनु गत प्रवत्ति भएको उनको भनाइ छ ।

नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताए । सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएपछि ओलीले आपत्ति प्रकट गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !