७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा आज बैठकको पहिलो कार्यसूचीमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ समितिका सभापति चित्रबहादुर केसीले पेस गर्ने रहेको छ ।

यस्तै आज बैठकको दोस्रो कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !