८ बैशाख २०८१, शनिबार

लुम्बिनीका नवनियुक्त जसपाका मन्त्री अहिरले लिए सपथ


भण्डारीलाल अहिरले लिए सपथ

काठमाडौँ । लुम्बिनी प्रदेशममा जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सपथ लिएका छन् । मुख्यमन्त्री लिला गिरिको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री अहिरलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको हो । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो ।

एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकेका मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गरेका छैनन् ।

उनको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !