६ बैशाख २०८१, बिहिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान


झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन् ।

भारतीय कम्युनिष्ट पार्टी ( माक्सबादी लेनिनावादी ) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री खनाल भारतको पटना लागेका हुन् ।

उनीसहितको प्रतिनिधिमण्डल बारा जिल्ला सिमरा हुँदै रक्सौल भारतको पटना गान्धी मैदान प्रस्थान गरेका हुन् । पार्टीको विदेश विभाग प्रमुख समेत रहेका खनालले भारतीय कम्युनिष्ट पार्टीको महाधिवेशनलाई विशेष सम्बोधनमार्फत महाधिवेशन सफलताको शुभकामना दिने छन् ।

खनालले नेतृत्वको भ्रमण प्रतिनिधि मण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, खनालकी श्रीमती रवि लक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा रहेका छन् ।

भारत भ्रमणका क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ । खनाल लगायतको प्रतिनिधिमण्डल दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम रहेको जनाईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !