७ जेष्ठ २०८१, सोमबार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वर संसद भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको हो । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर ४ बजेका लागि सारिएको थियो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८/७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !