२४ बैशाख २०८१, सोमबार

रास्वपा तत्काल सरकारमा नजाने, सहमति कार्यान्वयन भए जानसक्ने


रास्वपा बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले तत्कालका अल्गी सरकारमा नजाने निर्णय गरेको हो ।

यद्यपि रास्वपाले सत्ता साझेदार दलहरुबीच भएको सहमति कार्यान्वयन भए पुन: सरकारमा जाने बताएको छ । बैठकपछि निर्णयहरु सुनाउँदै रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताएका हुन् ।

पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीका सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनले पुरानो सहमति कायम वा चित्तबुझ्दो नयाँ सहमति भए सरकारमा जान सकिनेबारे छलफल भएको बताए ।

बैठकले आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा जान तयार रहने निर्णय पनि गरेको छ । उनले उपनिर्वाचनमा सभापति रवि लामिछाने उम्मेदवार हुने र त्यो निर्वाचनपछिमात्रै सभापति लामिछाने सरकारमा जाने बताए ।

उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए । त्यस्तै आज बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्य आज १६ जना थपेर २४ जनाबाट ४० जना पुर्याएको छ ।

सर्वोच्च अदालतले माघ १३ गते पार्टी सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि रास्वपाका सभापति रवि छामिछानेले राजीनामा दिएका थिए । गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकारलाई दिएको समर्थन यथावत् राख्दै २२ माघमा सरकारबाट बाहिरिएको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपामा १६ केन्द्रीय सदस्य थपिए, रमेश प्रसाई पनि समेटिए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !