६ जेष्ठ २०८१, आइतबार

रास्वपामा १६ केन्द्रीय सदस्य थपिए, रमेश प्रसाई पनि समेटिए


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी विस्तार गरेको छ । आज सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ४० सदस्यीय बनाएको हो ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव १०० जनाको नाम सिफारिस भएकोमा कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको हो ।

आज थपिने १६ जना केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्याला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।

आज थपिने केन्द्रीय सदस्यमा चर्चित पब्लिक स्पिकर एवं गायक समेत रहेका प्रसाई ग्यालेक्सी फोरके टेलिभिजनमा ‘लालमोहर’ नामक कार्यक्रमका संचालक समेत हुन् । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका छन् ।

दृष्टिविहीन भएपनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । राजनीतिक टिप्पणी गर्न पनि खपिस रमेश अहिले चर्चामा पनि छन् । विगतमा उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भएको थियो ।

रास्वपामा १६ केन्द्रीय सदस्य थपिए, रमेश प्रसाई पनि समेटिए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !