२८ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने आज अन्तिम दिन


राजेन्द्रसिंह रावल

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी पूर्वनिर्धारित हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएपछि आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार आज माघ २६ गते अन्तिम दिन भएकोले आजभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ ।

यद्यपि उनले विश्वासको मत पाउने भने निश्चित छैन । विश्वासको मत पाउनको लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।मुख्यमन्त्री रावलले अहिलेसम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भएपनि गठबन्धनकै दल नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !