१२ बैशाख २०८१, बुधबार

एमाले अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बिहानै बालकोटमा भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बिहानै ओली निवास बालकोट पुगेका हुन् ।

सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गएर गठबन्धन नै धरापमा पर्न लागेको हो कि भन्ने विश्लेषणका बाबजुद प्रचण्ड र ओलीबीच भेटघाट बाक्लिन थालेको छ ।

गठबन्धनका दुई शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको बालकोट स्रोतले बताएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । साथै लुम्बिनी प्रदेशमा रिक्त रहेको एक जना सदस्यका लागि आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । यस विषयमा पनि ओली र प्रचण्डको छलफल भएको बुझिएको छ ।

यसअघि मंगलबार पनि प्रचण्ड ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !