६ जेष्ठ २०८१, आइतबार

मन्त्रिपरिषद्को निर्णय : ४ सचिवको सरूवा, को कहाँ पुगे ?


रेखा शर्मा

काठमाडौं । सरकारले ४ जना सचिवको सरुवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ४ जना सचिवको सरूवा गरेको जानकारी दिइन् ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ भने सं‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइको हो ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव (कानुन) उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव सरूवा गरिएको हो ।

सरकारले बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले भारतमा आयोजना हुने नेपाल भारत विद्युत् सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

साथै मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) व्यवासायिक वातारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ । साथै फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षामन्त्रीलाई जान स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु